चितवन । मार्बट काट्ने क्रममा करेन्ट लाग्दा मोतीहारीका पप्पु कुमार दास सख्त घाईते भएका छन । आज सांँझ सांँढे ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर .३ बाह्रघरे स्थित उर्मिला चौधरीको घरमा मार्बल लगाउने क्रममा भारत मोतिहारी घर भई हाल भरतपुर –७ बस्ने पप्पुकुमार दास करेन्ट लागेर घाईते भएका हुन् ।
उनी खाली खुट्टा बल्बको तार जोड्ने क्रममा दुबै हातमा करेन्ट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दासको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु