सूर्यप्रसाद अधिकारी, भदौ २७,चितवन । नेपाल राष्ट्रबैंकले गत पुषमा जारी गरेको र यही भदौ ७ गतेदेखि कार्यान्वयनमा ल्याएको चालु कर्जा पूंँजी सम्बन्धि मार्गनिर्देशन २०७९ प्रति चितवनका उद्योगीहरुले असन्तुष्टी व्यक्त गरेका छन ।
कोरोनाका कारण शिथिल भएको व्यवसाय र आर्थिक मन्दीको बेला राष्ट्रबैंकको यो मार्गनिर्देशन समय अनुकुल नभएको भन्दै उनीहरुले असन्तुष्टी व्यक्त गरेका हुन् । आइतबार भरतपुर स्थित चितवन उद्योग संघको सभाहलमा आयोजित सरोकारवालाबीचको अन्र्तक्रियामा उद्योगीले मार्ग निर्देशन शंशोधन गर्नुपर्ने माग समेत राखेका थिए ।
रिजाल फुडका प्रबन्ध निर्देशक पुरुषोत्तम रिजालले राष्ट्रबैंकको यो मार्ग निर्देशन व्यवहारिक नभएको टिप्पणी गर्नुभयो । यो मार्गनिर्देशन उद्योगीहरुलाई बाध्यकारी बनाईएको भन्दै उहांँले देशको परिस्थिति अनुसार बनाउनु पर्नेमा जोड दिनुभयो । यो मार्गनिर्देशनले व्यवसायी थप विस्थापित हुने जोखिम रहेको उहांँले बताउनु भयो ।अर्का उद्योगी सूर्यप्रसाद न्यौपानेले बाह्य कच्चापदार्थमा निर्भर र भुपरिवेष्ठित नेपालमा यो मार्गनिर्देशन समयसापेक्ष नभएको बताउनु भयो ।
उद्योगी तारा पौडेलले यो मार्गनिर्देशन उद्योगीहरुलाई विस्थापित गर्न ल्याईएको तर बैंकलाई प्रर्वद्धन गर्न ल्याईएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । ‘आर्थिक संकटको बेलामा पनि बैंक घाटामा छैनन, उहांँले भनुभयो बैंकलाईलाई प्रोत्साहित गर्ने उद्योगीलाई निरुत्साहित गर्ने यो कस्तो मार्गनिर्देशन हो ।’
सिद्धार्थ बैंकका क्षेत्रीय प्रमुख दुर्गाराज पाण्डेले उद्योगी व्यवसायी रहेमात्र बैंकपनि रहने भएकाले यो मार्गनिर्देशन समय सापेक्ष नभएको बताउनु भयो । ‘यो मार्गनिर्देशन भनेको गहना बनाउन ठूलो ह्यामर प्रयोग गरेजस्तै हो, उहांँले भन्नुभयो , यसले उद्योगी र व्यवसायीलाई प्रर्वद्धन गर्नुभन्दा मिटर व्याजीलाई प्रश्रय दिन्छ ।’
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले अहिले व्यवसायमा मुश्किलले ५ देखि १० प्रतिशत पनि खुद नाफा नभएको अवस्थामा यो मार्गनिर्देशनले उद्योग थप धराशायी हुने बताउनु भयो । ‘यो नीति अहिले ल्याउने समयनै होईन । उद्योगी व्यवसायी मर्ने अवस्थामा पुगेका छन पौडेलले भन्नुभयो , यो नीति लिक्वीडिटी सहज भएको अवस्थामा ल्याउनु पथ्र्यो ।’
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रोजेक्ट भन्दा व्यक्ति हेरेर मार्गनिर्देशन ल्याइएको बताउनु भयो । ‘सीमित समस्या समाधानका लागि यो असिमिति योजना हो यो , श्रेष्ठले भन्नुभयो , यो मार्गनिर्देशन हो कि निर्देशन हो ।’ राष्ट्रबैंक चालुकर्जा सम्बन्धी मार्गनिर्देशन भन्दा क्रेडिट एक्ट ल्याउन उहांँले माग गर्नुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले यस्तो संकटको बेलामा पनि राज्यले उद्योगी व्यवसायीलाई अपराधीको जस्तै व्यवहार गरेको बताउनु भयो । ‘पोल्ट्रीलाईनै हेरौं ४ बर्षदेखि लगातार घाटामा छ , यो अवस्था आउनुमा बैंकनै दोषी छ । बैंकले विगारेको हो । यो मार्ग निर्देशन बेमौसमको बाजा जस्तै छ ।’ उहांँले भन्नुभयो ।
अन्र्तक्रिया कार्यक्रममा सवाल प्रश्नको जवाफ दिदैं नेपाल राष्ट्रबैंक नियमन विभागका निर्देशक किरण पण्डितले उद्योगी व्यवसायीको राय सुझावको आधारमा मार्गनिर्देशन शंशोधन गर्दै लैजान सकिने आश्वासन दिनुभयो ।
‘मार्गनिर्देशन ल्याउने , लागु गर्ने भनेकै बिषम परिस्थितिमा हो । यस्तै अवस्थामा कडा नीति आउने गर्छ । पण्डितले भन्नुभयो , व्याजदर घटाउंँदा बैंक मर्कामा पर्छन । बढाउंँदा व्यवसायी मर्कामा परेका छन ।’ व्यवसायमा उधारो चुक्ता गर्ने दायित्व पनि व्यवसायीको नै रहेको भन्दै उनले भने, ‘रिसिभेवलकाृ जति दायित्व हुन्छ पेवेलको पनि उत्तिकै दायित्व हुन्छ होला नि !’
पछिल्लो समय चालु कर्जा पूंँजी प्रवाहको अनुपात पांँच गुणा बढेको भन्दै पण्डितले कर्जाको सही सदुपयोग नभएको बताउनुभयो । ‘अहिले जिडीपी भन्दा कर्जा प्रवाह बढी छ । यो मार्गनिर्देशन बैंकलाई इन्करेज र व्यवसायीलाई निर्देशनले बांँधिएको छ । ’उहांँले भन्नुभयो ।
पछिल्लो समय ओभरड्राफ्ट, क्यास क्रेडिट र डिमाण्ड लोन लिने गरेका व्यवसायीले व्याज मात्र तिर्ने गरेको तर सावांँ नघटाएकोले पनि यो मार्गनिर्देशन ल्याईएको उहांँको भनाई थियो । ‘व्यवसायीले व्याज मात्र तिर्ने लोन नतिर्ने अनि खराब कर्जालाई ढाक्न चालु कर्जाको प्रयोग भएको छ ।’उहांँले भन्नुभयो । सबै क्षेत्रका सरोकारवालाको सहभागितामा मार्गनिर्देशन बनेको भन्दै उद्योगी व्यवसायी मार्गनिर्देशनको बनोट र बुझाईमा मात्र अन्यौल भएको उहांँले तर्क गर्नुभयो । कार्यक्रममा उद्योगी व्यवसायी, बैंकर्स, चार्टड एकाउण्टेट लगायतको सहभागिता थियो ।