चितवन । चितवनमा बाघले खाएको अवस्थामा एक बृद्ध मृत फेला परेका छन । माडी नगरपालिका वडा नम्बर २ ढिकुने बस्ने ६८ बर्षीय सूर्यनाथ अधिकारीको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार दिउसो १ बजे बृद्ध अधिकारी र उनका २५ बर्षीय छोरा होम बहादुर अधिकारी सोही स्थानको मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएको र छोराले बुबालाई घर पठाएकोमा बेलुका छोरा होमनाथ घर फर्किदा सम्म बुबा होमनाथ घर नआएपछि खोजीको लागि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
खोजतलासको क्रममा आज बिहान सांँढे ८ बजे सूर्यनाथले लगाएको टोपी, चप्पल र छाता सहित र सोही जंगलमा उनको शव बाघले खाएको अवस्थामा भेटिएको हो । हाल शवको मुचुल्का गरी शव परीक्षणको लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु