चितवन । आइटी कलेजहरुमध्ये देशकै उत्कृष्ट आइटी कलेज मध्येको आइएसएमटी कलेज, भरतपुरमा व्याचलर लेबलको लागि धमाधम भर्ना खुलेको छ । १२ कक्षाको नतिजा प्रकाशन भएसंँगै कलेजले भर्ना प्रक्रिया शुरु गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेजले सूचना प्रविधि सम्बन्धी र हस्पिटालिटी सम्बन्धी संकायको लागि भर्ना खुलेको जानकारी दिएको हो । कलेजले इन्टरनेशल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी र इन्टरनेशनल टुरिज्म एण्ड हपिटालिटी मेनेज्मेन्ट बिषयमा अध्यापनको लागि भर्ना अभियान शुरु गरेको जानकारी दिएको छ ।
देशका विभिन्न शाखाबाट आइएसएमटी कलेजमा भर्ना खुलेसंँगै १२ पास गरेर स्वदेशमै विदेशको जस्तै उच्च गुणस्तरको शिक्षा लिन चाहने विद्यार्थीको लागि भर्ना खुलेको कलेजका विभागीय प्रमुख विनोद शाहले जानकारी दिए । उनका अनुसार आइटीमा विभिन्न एप सम्बन्धी एडभान्स कोर्ष र हस्पीटालिटी क्षेत्रमा आधुनिक एवं प्रविधिमैत्री प्रणालीको विकास गर्नका लागि यो कोर्ष नेपालमै उत्कृष्ट रहेको छ । आइटी क्षेत्रमा लामो अनुभव तथा दक्ष शिक्षकद्धारा अध्यापन गराईने भएकोले विद्यार्थीको लागि रोजाईको कोर्ष भएको शाहले बताए ।
विदेशमा अध्यापन गर्नुभन्दा थोरै शुल्कमा उच्च गुणस्तरको शिक्षा हासिल गर्न विद्यार्थीको लागि सुनौलो अवसर भएको कलेजले जनाएको छ । सिट सिमित भएकोले यथाशीघ्र फाराम भर्न कलेजले विद्यार्थीलाई आग्रह गरेको छ । जुनसुकै कलेजबाट जुनसुकै विषयमा १२ कक्षा पास गरेका विद्यार्थीले पनि भर्ना प्रक्रियामा सामेल हुन पाउनेछन ।
व्याचलर तहमा यो कोर्ष पास भएपछि अनलाईन माध्यम तथा भौतिक रुपमा जुनसुकै क्षेत्रमा काम पाउन सजिलो र अन्य पेशाबाट भन्दा बढी कमाई गर्न सकिने शाहको भनाई छ । यो कोर्ष पुरा गरेर नेपालबाटनै अनलाईन माध्यमबाट विदेशका ठूला कम्पनीको काम गरेर विद्यार्थीले कमाइ गरिरहेको शाहले बताए ।
आईएसएमटी कलेज , भरतपुर बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ सन्डरल्याण्डको सम्बन्धन प्राप्त भएर सञ्चालनमा ल्याईएको कोर्ष हो । भरतपुरमा सञ्चालनमा आएको यो कलेज चितवनकै उत्कृष्ट कलेज मध्ये एक हो । यो कलेज युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत बन्न सफल भएको छ ।
उक्त विश्वविद्यालयको बेलायतका प्रमुख शहरहरुसँगै हङकङमा समेत आफ्नै कलेज रहेका छन् । उक्त विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन् २००१ मा सन्डरल्याण्ड युनिभर्सिटीको बेलायतको नयाँ विश्वविद्यालय मध्ये पहिलो नम्बरमा पर्न सफल भएको थियो ।
यस्तै उक्त विश्वविद्यालय २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’ को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । उक्त विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले बेलायतको डिग्री प्राप्त गर्न सक्ने कलेजका बिजनेस डेभलपमेन्ट हेड वासु वस्तीले बताए ।