चितवन । केराबारी भन्ने स्थानमा पहिरो जांँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ५ बजेर ५० मिनेटमा भरतपुर महानगर पालिका वडा नम्बर २९ केराबारीमा लेदोसहितको पहिरो जांँदा दुईतर्फी रुपमा सडक अवरुद्ध भएको हो ।
हाल उक्त स्थानमा अझै पानी परिरहेको र पहिरो झर्न नरोकिएकोले केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अझै पानी परिरहेको छ लेदो सहितको गेगर पनि बगिरहेको छ । कार्यालयका प्रवक्ता नरहरि अधिकारीले भने, अझै ५, ६ घण्टा लाग्छ होला ।काम भईरहेको छ । पहिरो पन्छाउने काम जारी राखिएको छ । केही दिन यता यो ठाउंँमा दिनहुंँ पहिरो जांँदै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु