चितवन । लियो क्लव अफ चितवन बिरेन्द्रनगरले आज (बुधबार) १५औं पुस्तकालय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरेको छ । प्रहरी कार्यालयको हिरासतमा रहेका र अन्य व्यक्तिले ज्ञान आर्जन गरुन भन्ने उद्धेश्य सहित पुस्तकालयको स्थापना गरिएको हो । “हिरासतमा पुस्तक परियोजना“ लाई सुरुवात गर्दै बुधबार ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरिएको लियो क्लव अफ चितवन बिरेन्द्रनगरकी अध्यक्ष संगिता अर्यालले जानकारी दिईन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राप्ती नगरपालिकाका नगर प्रमुख शमसेर लामाले लियो क्लव सामाजिक कार्यमा तिव्र गतिमा अघि बढिरहेको भन्दै यस्ते सामाजिक कार्यमा नगरपालिका पनि संगसंगै हातेमालो गर्न तयार रहेको बताए ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले प्रहरी कार्यालयमा पुस्तकालय स्थापनो दिन ऐतिहासिक दिन भएकोले खुसी व्यक्त गर्दै समन्वयको लागि ईलाका प्रहरी कार्यालय भण्डारा सदैव तत्पर रहेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरका संस्थापक अध्यक्ष एवंम् लायन्स् ३२५ आर का क्याबिनेट अफिसर राजकुमार कंडेल, लियो जिल्ला परिषद २३५ आर का जिल्ला उपाध्यक्ष किरण लामिछाने, कार्यक्रमका संयोजक लियो पवन तामाङ, जिल्ला परिषदका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम लियो क्लव अफ चितवन बिरेन्द्रनगरकी अध्यक्ष अर्यालको सभातित्वमा सम्पन्न भएको हो ।