चितवन । भरतपुरका दुईवटा वडामा तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको छ । मगलबार भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी भरतपुरका विभिन्न वडाहरुमा आयोजना गरिएका तिज गित प्रतियोगिताहरुमा सहभागी भए । भरतपुर २६ ज्योतिनगरमा रहेको कालिका मन्दिर र वडा नम्बर २१ ले अन्तर टोल बिकास सस्था तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरेको थि । २०७९ तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गरेको छ । दुबै कार्यक्रमको प्रमुख अतिथिको रुपम उप प्रमुख अधिकारी रहेका थिए ।
कालिका मन्दिरले आयोजना गरेको कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले नारी स्वतन्त्रताको पर्बको रुपमा रहेको तिजलाइ भड्किलो हुने गरि मनाउन नहुने बताए । केही बर्ष यताका तिज कार्यक्रमहरु निकै भड्किलो तरिकाले सन्चालन हुँदै आएका भन्दै उप प्रमुख अधिकारीले भड्किलो चाडलाइ नियन्त्रण गर्नु पर्ने अवस्था आएको उनको भनाई थियो । कालिका मन्दिरको भवन निर्माणका लागि महानगरको सहयोग रहनेमा उनले प्रतिबद्धता जनाए ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको हरितालिका तिजको अवसरमा आयोजित तिज बिशेश कार्यक्रम २०७९ तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले समाजलाइ सन्देश दिने खालको तिज पर्व मनाउन सबै नारीहरुमा आग्रह गरे । अरुको देखासिकी नगरी समाजलाइ परिवर्तन गर्ने खालको तिज मनाउनु पर्छ उनले भने भने । बिकृती र बिसगतिलाइ पछि पार्दै सस्कृती र परम्पराको जगेर्ना हुने गरि तिज मनाउनु पर्ने आजको आबस्यकता रहेको समेत उप प्रमुख अधिकारीले औल्याए । ‘तिजले कर्म घर र जन्म घरको बिचको सम्बन्धलाई स्थापित गरेको छ ।’ उनले भने ।