चितवन । चितवन विद्यालय स्तरीय प्रथम सनराईज सितोरियो कराँते प्रतियोगिता सुरु भएको छ । आज (शुक्रबार) बाट सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार बिभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा भएको छ । पुरुष २० केजी तौल समूहमा सनराज इङ्गलिस स्कुलका सन्दीप कंडेलले स्वर्ण पदक जिते । यस्तै अविनाश न्यौपानेले रजत जित्दा ओम शान्ति एकेडेमीका सुप्रिम कंडेल र शान्ति इङ्गलिस बोर्डिङ स्कुलका अंकेश महतोले कास्य जिते ।
पुरुष २५ केजी तौल समूहमा चितवन शिक्षा सदनका आयुष कुमालले स्वर्ण र ग्राण्डी इङ्गलिस बोर्डिङ स्कुलका विराज विकले रजत जिते । सोही तौल समूहमा चितवन शिक्षा सदनका सुमन तामाङ र ओम शान्तिका मोनिक क्षेत्रीले कास्य जिते ।
पुरुष २५ केजीमा चितवन शिक्षा सदनका विवेक तामाङले स्वर्ण पदक जिते । ग्राण्डीका आशिम तामाङले रजत तथा चितवन शिक्षा सदनका सुलभ मगर र ग्राण्डीका सिजन गुरुङले कास्य जिते ।
यस्तै पुरुष ३५ केजी तौल समूहमा प्यारागान इङ्गलिस बोर्डिङ स्कुलका डोमान गुरुङले स्वर्ण जित्दा आदर्शन इङ्गलिस बोर्डिङ स्कुलका अजित आलेले रजत जिते । पार्वतीपुरका विजय गुरुङ र ब्रम्हपुरका पियुष पौडेलले कास्य जिते ।
महिला २० केजीमा बालकुमारी इङ्गलिस स्कुलकी बर्षा लामाले स्वर्ण पदक जितिन् । बालकुमारीकै मासुम भट्टराईले रजत तथा राष्ट्रिय आधारभुत ठिमुराकी एन्जल गुरुङ र सनराइजकी सिय रिजाले कास्य जिते ।
प्रतियोगितामा जिल्लाभरका २२ विद्यालयबाट तीन सय ६० खेलाडी सहभागी भएको संयोजक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । नेपाल सितोरिया कराँते संघ चितवन र सनराईज इङ्गलिस स्कुलको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै ६० केजी माथि खुल्ला प्रतिस्पर्धा हुनेछ । महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने ५५ केजीमाथि खुल्ला प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष र महिला एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सबै भन्दा धेरै पदक जितेर प्रथम हुने विद्यालयले ३० हजार रुपैयाँ बराबरको कराँतेका लागि आवश्यक खेल सामाग्री प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने विद्यालयले २५ हजार रुपैयाँ बराबरको खेल सामाग्री प्राप्त गर्ने आयोजकले जनाएको छ ।