चितवन । । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि आक्रमणको प्रयास भएको आरोप लागेको छ । बिहीबार दिउँसो उहाँकै कार्यकक्षमा हातपातको प्रयास भएको बताईएको हो ।
घाँटीको शल्यक्रिया सकेर कार्यकक्षमा फर्किएका डा. गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेको बताईएको छ । उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएको र आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा गौतमको दाबी छ । यद्यपि उनलाई आक्रमण र अपशब्द कसले बोल्यो भन्ने बिषयमा खुलेको छैन ।
‘“लामो समयसम्म अस्पताल नआउने, आएपछि राम्रो काम नगर्दा जनगुनासो आएपछि हामीले काममा नआउन भनेका थियौं” डा. गौतमले दाबी गर्दै भने “अहिले दलबलसहित अस्पतालभन्दा बाहिरका मानिस मलाई कुट्ने योजनासहित आएका रहेछन् ।”
डा. गौतम शल्यक्रिया सकेर कार्यकक्ष फर्किए लगत्तै अपशब्द प्रयोग गर्दै कुटपिटको प्रयास गरेको उनको भनाई छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी लिएर पुगेको तर प्रहरी प्रमुख नवराज अधिकारीले अस्पतालभित्र भित्र अस्पतालभित्रै मिलाउने बताएको अस्पतालका एक कर्मचारीले बताए ।
प्रहरी प्रमुखले घटनालाई जिम्मेवार ढंगबाट नलिएको भन्दै अस्पतालको टोलीले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई घटनाको जानकारी गराएको थियो । प्रजिअ तामाङले घटनाका बिषयमा जानकारी लिन शुक्रबार विहान १० बजे कार्यालयमा बोलाएका छन् ।
यसैबीच, घटनाको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल वीपी कोइराला क्यान्सर अस्पताल समितिले घटनाको भत्र्सना गरेको छ । जिल्ला समितिका अध्यक्ष डा. सञ्जय पौडेलले बिहीबार साँझ एक विज्ञप्ति प्रकाशित गरी अस्पतालको कार्यकारी निर्देशक जस्तो जिम्मेवारी व्यक्तिमाथि नियमित काम गरिरहेको बेला कार्यकक्षमा नै हमला हुँदा असुरक्षा बढेको भन्दै दोषी माथि कारवाही गर्न माग गरेका छन ।
एक कर्मचारीलाई हटाएको बिषयमा क्यान्सर अस्पतालका डाक्टर माथि आक्रमणको आरोप
एक कर्मचारीलाई हटाएको बिषयमा क्यान्सर अस्पतालका डाक्टर माथि आक्रमणको आरोप
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु