चितवन । अन्र्तराष्ट्रिय योग दिवसको अवसर पारेर योग शिविर सम्पन्न भएको छ । विश्वकर्मा साकोस ( विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि), चितवनको आयोजनामा आज उद्योग वाणिज्य संघ, चितवन को सभाहलमा योग तथा मेडिटेसन कार्यक्रम सम्पन्न भएको हो । शिविरमा आर्ट अफ लिभिङ्गका वरिष्ठ गुरु तथा प्रशिक्षक एवं प्रेरणदायक वक्ता पवन नेपालले प्रशिक्षण दिनु भएको थियो । सो क्रममा बोल्दै पवन गुरुले मानिसको जीवनशैलीका कारण विभिन्न रोगले प्रभावित बनाएको भन्दै योगाभ्यासले मात्र रोग लाग्न नदिन र रोगको न्यूनिकरण मदत पुग्ने बताउनु भयो । शारिरीक , मानसिक , अध्यात्मिक रुपमा पनि स्वस्थ रहन योगाको महत्वपूर्ण भूमिका रहेको भन्दै उहांँले योगले मानिसलाई उर्जा र स्फूर्ति दिने बताउनु भयो ।
साकोसका अध्यक्ष विपिन रामुदामुले अन्र्तराष्ट्रिय योग दिवसको अवसर पारेर साकोसले सदस्य तथा शेयर सदस्यहरुका लागि योगाको आयोजना गरिएको बताउनु भयो ।
मानिसको दैनिक जीवनमा योगा अत्यावश्यक रहेको भन्दै जीवनलाई सहजरुपमा लैजान पनि योगले मदत पुग्ने उहांँले बताउनु भयो ।
कार्यक्रममा नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनका पूर्व अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, सुनचांँदी साकोसका उपाध्यक्ष रुवीन रामुदामु लगायत व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु सहित एकसय पचास जनाले प्रशिक्षण लिनुभएको थियो । विपिनरामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साकोसका सचिव रबिन्द्र पन्थीले गर्नुभएको थियो ।