चितवन । अहिले नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा जिल्ला अधिवेशनको मतदानको काम जारी छ । रोकिएका १६ वटा जिल्ला मध्ये चितवनमा पनि आज बिहान सांँढे १० बजेदेखि मतदाता लाइनमा छन । नारायणी कला मन्दिरमा भएको जिल्ला कार्यसमितिको नयांँ नेतृत्वको लागि आ–आफ्ना नेता चयन गर्नका लागि मतदाता जुटेका छन । बिहानैदेखि नेता कार्यकर्ता, मतदाताको घुइचो छ । बिहानैदेखि चुनावी सरगर्मी र मौसम समेत तातिंँदै गएको छ । तर कला मन्दिरको गेट नजिकै व्यवस्थित रुपमा टेण्ट राखेर नेपाली कांँग्रेसका युवा तथा प्रभावशाली नेता भरत सापकोटा नेता, कार्यकर्ता तथा मतदाताको सेवामा तल्लिन छन । उनले स्वास्थ्य शिविर राखेर सेवा दिईरहेका छन । ‘।मैले यहांँ आउने जो सुकैलाई पनि मास्क, सेनिटाइजर, स्वास्थ्य परीक्षण प्राथमिक उपचार , औषधी तथा खानेपानीको निशःुल्क सेवा दिईरहेको छु ।’ सापकोटाले भने । उनले ँ २४ सै घण्टा मैले दुईवटा नर्स एउटा डाक्टरबाट सेवा दिईरहेको र आफ्नै खर्चमा सेवा दिएको बताए ।
यो सेवा उनले अहिले मात्र दिएका होइन उनले नेपाली कांँग्रेसको वडा स्तरको निर्वाचन देखिनै सेवा शुरु गरेको उनले बताए । ‘राजनीति पनि समाजसेवा हो, म राजनीतिमा पनि उत्तिकै क्रियाशील छु , प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नागरिकको निरन्तर सेवामा छु ।’ सापकोटाले भने । मतदान स्थलमा कसैलाई सामान्य देखि प्राथमिक उपचारको लागि समस्या नहोस भनेर आफूले यो अभियान थालेको उनले बताए । सापकोटा राष्ट्रिय राजनीतिमा विगत लामोसमयदेखि क्रियाशील छन । उनी पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइराला तथा नेपाली कांँग्रेसकी नेतृ सुजाता कोइरालको स्वकीय सचिवको रुपमा काम गरिसकेका छन । चितवन स्थायी घर भएका सापकोटा युवा माझ लोकप्रिय नेताको रुपमा परिचित छन ।
नेपाली कांँग्रेसका युवा नेता भरत सापकोटाद्धारा मतदातालाई निःशुल्क स्वास्थ्य सेवा
नेपाली कांँग्रेसका युवा नेता भरत सापकोटाद्धारा मतदातालाई निःशुल्क स्वास्थ्य सेवा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु