चितवन। भरतपुर महानगरपालिका वडा न ९मा बसोबास गर्ने ६० गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ ।
आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा न ९ कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा कार्यालय परिसरमा उनीहरुले पौष्टिक आहार पाएका हुन् ।
वितरण कार्यक्रममा ६० जना गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिएको प्रमुख अतिथि वडा न ९ का वडा अध्यक्ष यमलाल कडेलले जानकारी दिनुभयो । उहाँको अनुसार पोषण आहारमा एक क्यारेट अण्डा, चना , केराउ , बोडी , आयोडिनयुक्त नुन, साबुन, दाल लगायतका सामाग्रीहरु रहेका वितरण गरिएको थियो । यस्ता कार्यक्रमले गर्भवती महिलामा स्वास्थ्य प्रति सचेत हुनुका साथै नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उहाँको भनाई छ ।
डा सतिस ढकालले गर्भवती महिलाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले वडा र स्वास्थ्य स्वयंसेविकाले यो विषयलाई महत्व दिईएको जानकारी दिनुभयो । उहाँले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराबारे चेतना फैलाउने कार्य निरन्तर गर्नु पर्ने बताउनुभयो ।
उहाँले गर्भवती महिलाले ९ महिनाको अवधिमा ४ पटक सम्म स्वास्थ्य जाच अनिवार्य रुपमा गर्नु पर्ने बताउनुभयो । स्वास्थ्य कार्यालयमा गर्भवती महिलाको लागि सबै सेवाहरु उपलब्ध रहेको समेत उहांँले जानकारी दिनुभयो ।स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सबै किसिमका सुविधा दिइने उहांँको भनाई छ ।