चितवन । भरतपुर अस्पतालमा वेवारिसे शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भ–याङमुनि अन्दाजी दुई दिनको शिशु (छोरी) वेवारिसे अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३० बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भईरहेको छ । शिशुलाई कसले छोडेको भन्ने बारे खुल्न नसकेको र यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु