मकवानपुर । मकवानपुर तेक्वान्दो कार्यसमितिले प्रहरी तथा नागरिकलाई मास्क तथा सेनिटाईजर वितरण गरेको छ ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १०, बुद्धचोक स्थित मकवानपुर तेक्वान्दो कार्य समितिको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा उक्त मास्क तथा सेनिटाइजर वितरण गरिएको हो ।
वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष लाल काजी रत्न बज्राचार्यको अध्यक्षतामा प्रमुख अतिथि मकवानपुर प्रमुख प्रहरी उपरीक्षकसुरेन्द्र बहादुर गुरुङ्ग रहेका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई २००० थानमास्क, सेनिटाईजर, ५० थानफेस शिल्ड, ५०० थान ग्लोब्स हस्तान्तरण गरिएको थियो । साथै मास्क नलगाई हिंडडुल गर्ने ब्यक्तिहरू, विभिन्न सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई २०० थान मास्क वितरण गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
यस्तै मास्क नलगाई पसल संचालन गर्ने २३ जना ब्यबसायीहरूलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही रु १००।– का दरले जरिवाना गर्नुका साथै सवारी साधनहरुमा १०० थान सचेतना मूलक स्टीकर टाँस समेत गरिएको कार्यालयले जनाएको छ ।
वितरण कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी बल मकवानपुरका स.प्र.ना.उ. शैलेश श्रेष्ठ , राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य दिपेन्द्र चन्द ठकुरी,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडा कुमारी खड्का,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डे, मकवानपुर पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतको सहभागिता रहेको थियो ।