काठमाडौँ, २७ कातिक । मुलुकभर नै चिसो बढेको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न अनुरोध गरिएको हो ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव ३ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु